बुटवल उपमहानगर उपमेयरमा २६ वर्षीया भगवतीले दिइन् उम्मेदवारी – Nepal Press

बुटवल उपमहानगर उपमेयरमा २६ वर्षीया भगवतीले दिइन् उम्मेदवारी

रुपन्देही । बुटवल उपमहानगरपालिकाको उपमेयरमा २६ वर्षीया युवतीको उम्मेदवारी दिएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भगवती पाण्डेले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुटवल(११ की स्थानीय पाण्डेय राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् भने नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष हुन् ।

बुटवलको पुलचोकमा अवस्थित दुर्गा मन्दिरमा पुगेर उनले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रण गर्दै उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

१६ वर्षको उमेर एसएलसी दिएसँगै राजनीतिमा सक्रिय भएको बताउने पाण्डेयले अबको नेतृत्व युवाको हातमा हुनुपर्ने बताइन् ।

पाण्डेय विगत १० वर्षदेखि राप्रपामा सक्रिय रहेर राजनीति गर्दै आएकी छन् ।

महिला अधिकारको क्षेत्रमा समेत काम गर्दै आएकी उनी एक सफल उद्यमी पनि हुन् । उनले बुटवलमै केक कोसेली बुटवल सञ्चालन गर्दै आएकी छन् ।

राप्रपाको तर्फबाट बुटवलको प्रमुखमा मृगेन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर