भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले पुनर्विचार गर्ने माओवादीको आशा – Nepal Press

भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले पुनर्विचार गर्ने माओवादीको आशा

महराले भने- कांग्रेस र माओवादीको संयुक्त जुलुस निस्किरहेको छ

काठमाडौं । नेकपा माओवादीले भरतपुर महानगरपालिकामा कांग्रेसको बागी उम्मेदवारको उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले उम्मेदवारी घोषणा गरेका पूर्वसांसदले पुनर्विचार गर्ने दाबी गरे ।

भरतपुरको मेयर माओवादीलाई दिने गठबन्धनको निर्णपछि स्थानीय कांग्रेसी असन्तुष्ट छन् । कांग्रेसका पूर्वसांसद जगन्नाथ खतिवडाले हिजो आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

आज पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘म अहिले यति मात्रै भन्छु, पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ । त्यहाँ कांग्रेस र माओवादीको संयुक्त जुलुस निस्किरहेको छ, त्यो महत्वपूर्ण हो ।’

गठवन्धनमा रहेका साना दलहरुले कांग्रेस-माओवादीबाट हेपिएको भनेर गरेको गुनासोलाई महराले नकारे । गुनासोहरू आउनु स्वाभाविक भए पनि दलहरुले हैसियतअनुसार हिस्सा पाएको उनको भनाइ छ ।

‘कतै हामीले पेलेको भनेर आएको छ । कतै कांग्रेसले हामीलाई पेलेको भन्ने आइरहेको छ । गठबन्धनमा भन्याजस्तो हुँदैन । कसैले ह्यूमिलेट हुनु पर्दैन । आफ्नो हैसियतअनुसार भाछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर