भारतले पाकिस्तानको शैक्षिक डिग्रीलाई मान्यता नदिने – Nepal Press

भारतले पाकिस्तानको शैक्षिक डिग्रीलाई मान्यता नदिने

काठमाडौं । भारतले पाकिस्तानका कुनै पनि शैक्षिक संस्थाको डिग्रीलाई मान्यता नदिने भएको छ ।

भारतको युनिभर्सिटी ग्रान्ट कमिसन र काउन्सिल फर टेकनिकल एजुकेशनले एक सूचना जारी गर्दै पाकिस्तानका कुनै पनि शैक्षिक संस्थाको डिग्रीलाई मान्यता नदिने जानाकारी गराएको हो ।

उक्त सूचनाका अनुसार पाकिस्तानका शैक्षिक संस्था मार्फत प्राप्त डिग्री भारतमा कुनै पनि जागिरका निम्ती मान्य हुने छैनन् । यो नियम सम्पूर्ण भारतिय नागरिकको लागि मान्य हुने बताइएको छ । अप्रावासी भारतिय नागरिक र तिनका सन्तानका लागि भने शसर्त यो नियममा छुट हुने बताइएको छ ।

भारतको यस निर्णयले सबै भन्दा बढी कश्मिरका विध्यार्थीहरु प्रभावित हुने भारतीय संचारमाध्यमले जनाएका छन् । भारतले यस किसिमको सुचना प्रकाशित गरेसँगै पाकिस्तानले भारत सरकारसँग स्पष्टीकरण माग गरेको जनाएको छ । भारतको यस निर्णयले कश्मिरका विध्यार्थीहरुलाई सबै भन्दा बढी असर पर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *