धुलिखेलको दलित महिला सदस्यमा एमालेकी पार्वती निर्विरोध
नेपाल प्रेस
२०७९ वैशाख १३ गते १०:०२
धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा एकजनाको मात्र उम्मेदवारी परेको छ । सोमबार भएको उम्मेदवारी दर्ताको क्रममा नेकपा एमालेकी पार्वती विश्वकर्माको मात्र मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।
वैशाख १६ गतेसम्म दाबी विरोध नपरेमा उनी निर्विरोध निर्वाचित हुनेछिन् । एमालेबाट निर्विरोध भएकी विश्वकर्मालाई एमालेले भने बधार्इ दिएको छ ।
धुलिखेलको मेयरमा एमालेबाट अशोक ब्यान्जु पुनः उम्मेदवार छन् । गठबन्धनबाट नेकपा एसले उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर