सरकारले मोबाइल, गाडी र मदिरासहित १० वस्तु आयातमा लगायो पूर्णप्रतिबन्ध
नेपाल प्रेस
२०७९ वैशाख १४ गते ८:४६
काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।
सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सूर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।
त्यस्तै कुरमुरे, लेजलगायत वस्तुमा पनि सरकारले प्रतिबन्ध लगाएको छ ।
सरकारले उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको सूचना राजपत्रमै प्रकाशित गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर