माओवादी नेता भन्छन्- कांग्रेससँगको देशव्यापी गठबन्धन मीठो भ्रममात्र, बन्नुअघि नै भत्किसक्यो – Nepal Press

माओवादी नेता भन्छन्- कांग्रेससँगको देशव्यापी गठबन्धन मीठो भ्रममात्र, बन्नुअघि नै भत्किसक्यो

काठमाडौं । एमालेविरुद्ध देशव्यापी गठबन्धन पूर्णरुपमा सफल हुन नसकिरहेका बेला माओवादी केन्द्रका एक नेताले कांग्रेससँगको देशव्यापी गठबन्धन ‘एउटा मीठो भ्रममात्र रहेछ’ भनेका छन् ।

माओवादी केन्द्रीय सदस्य युवराज चौलागाईंले कांग्रेससँगको देशव्यापी गठबन्धन बन्नपूर्व नै भत्किसकेको टिप्पणी गरेका छन् ।

चौलागाईंले सामाजिक सञ्जालमा गठबन्धन बन्न नसकेकोमा टिप्पणी गर्दै भने– नेपाली कांग्रेससँगको देशव्यापी गठबन्धन एउटा मीठो भ्रम मात्र रहेछ । यो गठबन्धन बन्नपूर्व नै भत्किसकेको छ । माओवादी जहॉ बलियो छ, त्यहॉबाट उठौं ! कमजोर आधारहरुमा विशेष योजनासहित अघि बढौं ! चुनाब आउँछ, जान्छ ! पार्टी बलियो बनाऔं ।

चौलागाईंको गृहजिल्ला रामेछापमा कांग्रेससँग गठबन्धन बन्न नसकेपछि माओवादी र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर