विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, फरक मत राख्ने दुई शीर्ष नेता पदमुक्त – Nepal Press

विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, फरक मत राख्ने दुई शीर्ष नेता पदमुक्त

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको जिम्मेवारी खोसिएको छ ।

स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा बढेको विवाद दुई नेतालाई हटाउने तहमा पुगेको छ । यो निर्णयसँगै अब विप्लव नेतृत्वको पार्टी औपचारिक रूपमा विभाजन हुने दिशामा गएको छ ।

पार्टीका महासचिव विप्लवले बुधवार प्रेस वक्तव्य जारी गर्दै दुवै नेताका फुटपरस्त अराजक गतिविधि र आर्थिक अनियमितता जस्ता कारणले पदमुक्त गरिएको जनाएका छन् । उनले सचिवालय सदस्यको नामबाट मंगलार धमेन्द्र बास्तोलाले जारी गरेको वक्तव्य जारी गरेर हास्यास्पद गतिविधि गरेको गरेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर