एमाले–माओवादी नेता देउवासमक्ष लम्पसार परेपछि सरकार चलाउनुपर्यो : विष्ट – Nepal Press

एमाले–माओवादी नेता देउवासमक्ष लम्पसार परेपछि सरकार चलाउनुपर्यो : विष्ट

काठमाडौं । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वर्तमान सरकारको नेतृत्व नेपाली कांग्रेसले चाहना नहुँदा नहुँदै लिनुपरेको बताएका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो सरकारको नेतृत्व कांग्रेसको चाहना होइन् । जनताले हामीलाई सरकार चलाउन जनमत नै दिएका थिएनन्,’ नेपाली कांग्रेस नेपाल–अमेरिका सम्पर्क समितिका सभापति समेत रहेका विष्टले भने, ‘तर,ओलीले सरकार चलाउनै नसक्ने भएपछि एमाले र माओवादीका नेताहरू बुढानिलकण्ठ पुगेर दिनहुँ लम्पसार पर्न थालेपछि बाध्यात्मक परिस्थितीमा नेतृत्व लिनुपरेको हो ।’

उनले सत्तारूढ गठबन्धन बाध्यताको उपज रहेको बताउँदै निर्वाचनमा तालमेल भने सबैठाउँमा अनिवार्य नभएको बताए ।

‘बाध्यात्मक परिस्थितीमा संविधान र लोकतन्त्रका लागि गठबन्धन भएको हो । तर, चुनावी तालमेल भने सबै ठाउँमा आवश्यक होइन्,’ उनले भने ।

सोही अनुसार नै डोटीमा कांग्रेस एक्लै चुनावमा जानलागेको पनि उनले बताए ।

उनले भने, ‘यहाँ एक्लै कांग्रेस निर्वाचन जित्न सक्षम छ । त्यसैले यहाँ हामी एक्लै लड्न लागेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर