कराँची घटनाप्रति चीनको प्रतिक्रिया: दोषीले मूल्य चुकाउन पर्नेछ – Nepal Press

कराँची घटनाप्रति चीनको प्रतिक्रिया: दोषीले मूल्य चुकाउन पर्नेछ

काठमाडौं । पाकिस्तानको कराँची विश्वविद्यालय मंगलबार दिउँसो भएको आत्मघाती बम विस्फोटनमा परि ३ जना चिनियाँ नागरिकसहित पाँच जनाको मृत्‍यु भएको थियो ।

आत्मघाती बम विस्फोटनमा आफ्ना नागरिकहरुको ज्यान गएपछि चीनको परराष्ट्र मन्त्रालयले चिनियाँ नागरिकको रगत खेर नजाने र यस घटनाका पछाडि जो भए पनि त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

विस्फोटनमा परि ज्यान गुमाउने ३ जना चिनियाँ नागरिकहरु कराँची विश्वविद्यालय अन्तर्गतको कन्फ्युसियस इन्स्टिच्युटमा कार्यरत थिए । घटनामा अन्य २ जना पाकिस्तानी नागरिकको पनि ज्यान गएको छ ।

चीनका सहायक विदेशमन्त्री वु सियाङ्गाओले चीनका लागि पाकिस्तानी राजदूतलाई फोन गरी घटनाप्रति चिन्ता व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई नछोड्न आग्रह गरेका थिए ।

यसै गरी पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले पनि घटनाको कडा आलोचना गर्दै दोषीलाई कुनै पनि हालतमा नछोड्ने बताइसकेका छन् । सरिफले मंगलबारनै पाकिस्तानस्थित चिनियाँ दूतावासमा गएर शोक प्रकट समेत गरेका थिए।

कराँची हमलापछि बलुच लिबरेसन आर्मीले चीन र पाकिस्तानलाई प्रत्यक्ष धम्की दिँदै एक भिडियो सार्वजनिक गरेको थियो भिडियोमा एक मुखौटा लगाएका व्यक्ति भन्छन्, ‘हामी पाकिस्तानी सेना र चिनियाँ सरकारलाई बलुचिस्तान छोड्न आग्रह गर्छौं। तिनीहरूले हाम्रा गाउँहरू ध्वस्त पारेका छन्। हामीले चिनियाँहरूलाई आक्रमण गर्न नयाँ इकाई बनाएका छौं।’ यसले चीन-पाकिस्तान इकोनोमिक करिडोरका लागि काम गरिरहेका चिनियाँहरूलाई लक्षित गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *