गृहमन्त्री खाणसहित कांग्रेस नेता भरतपुरका बागी उम्मेदवार पाैडेलकाे निवासमा – Nepal Press

गृहमन्त्री खाणसहित कांग्रेस नेता भरतपुरका बागी उम्मेदवार पाैडेलकाे निवासमा

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले अघि सारेको उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको निवासमा गृहमन्त्री खाणसहितका नेताहरू पुगेका छन् ।

माओवादीलाई मेयर दिन नहुने सुझावविपरीत गठबन्धनमा भरतपुर माओवादीलाई भाग लगाइएपछि कांग्रेसका असन्तुष्ट समूह मिलाउन गृहमन्त्री खाण हिजोदेखि चितवनमा छन् ।

गृहमन्त्री खाण यज्ञपुरीस्थित पौडेलको निवासमा पुगेका हुन् । पौडेललाई सम्झाउन खाणसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ , चितवन कांग्रेस सभापति राजेश्वर खनाललगायत नेताहरू गएका छन् । अहिले भेटघाट जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर