पौडी प्रतियोगिता वैशाख २२ गतेदेखि हुने – Nepal Press

पौडी प्रतियोगिता वैशाख २२ गतेदेखि हुने

काठमाडौं । २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ गतेदेखि हुने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक नेपाल पौडी संघले जानकारी दिएको छ ।

पौडी संघको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला गरी एक सय ५० जना खेलाडी सहभागी हुनसक्ने संघले बताएको छ ।

विश्वभर कोभिड १९ को महामारीको कारण पौडीको राष्ट्रिय प्रतियोगिता नभएको करिब दुईवर्ष भएको छ ।

यसैबीच १९औं विश्व पौडी प्रतियोगिता २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, पोखरा र चीनमा हुने एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गर्न लागेको संयोजक जगतमान श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *