झण्डावाल गाडीसहित कर्णालीका मन्त्री चुनावी प्रचारमा, कारबाही गर्न एमालेको माग – Nepal Press

झण्डावाल गाडीसहित कर्णालीका मन्त्री चुनावी प्रचारमा, कारबाही गर्न एमालेको माग

सुर्खेत । कर्णाली प्रदेशका अधिकांशमन्त्रीहरू सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेका छन् ।

निर्वाचन आयोगको स्थानीय निर्वाचन आचारसंहितामा बहालवाला मन्त्रीहरूलाई चुनावी प्रचारमा सहभागी हुन नपाउने उल्लेख भए पनि झण्डावाला गाडीसहित भोट मागेको बढेपछि टिकाटिप्पणी सुरू भएको छ ।

कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामा चुनावी प्रचार गर्नका लागि बुधबार हुम्ला गएका थिए । उनी प्रदेश ०२, ००१ झ ००७६ नम्बरको गाडी सहित हुम्लाको खार्पुनाथ पुगेका हुन । उनीसहित पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि पुगेका थिए । खार्पुनाथ गाउँपालिका-५ मा गठबन्धनको तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा भरतजंग शाही वडाअध्यक्षमा लडेका छन् ।

यसैबीच नेकपा एमालेले आचारसंहिता उल्लंघन गरेकाले मन्त्री लामालाई कारबाही गर्न माग गर्दै उजुरी दिएको छ । एमाले हुम्लाले सरकारी गाडी प्रयोग गरी लामा चुनावी प्रचारमा हिँडेकाले कारबाही गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोटमा उजुरी दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर