आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आउने, साधारणसभाबाट भयो पास – Nepal Press

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आउने, साधारणसभाबाट भयो पास

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकाे सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न भएको हो ।

सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । उक्त साधारणसभामा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन भएको छ ।

कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको छ । इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर