दुबई पठाइदिन्छु भन्दै पैसा ठगी गर्ने दुईजना पक्राउ – Nepal Press

दुबई पठाइदिन्छु भन्दै पैसा ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भनि रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्ज महानगरपालिका– ५ स्थायी घर भइ ललितपुरको ठेचो बस्ने वर्ष ३३ को विकास तामाङ र वर्ष ६०का हरीबहादुर तामाङ रहेका छन् ।

उनीहरुले मोरङ रतुवामाई नगरपालिका–९ इटहरा स्थाई घर भएका काठमाडौं १० शान्तिनगर बस्ने २० वर्षीय बिक्रम मिश्र लगायतका पाँचजनालाई भिजिट भिसामा दुबई पठाउने भन्दै ठगी गरेका थिए ।

उनिहरुले प्रतिव्यक्ति एक लाख नब्बे हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनी अल सायमा सेल्सम्यानमा काम लगाइदिने र उहाँ पुगेपछि कम्तीमा मासिक तीन हजार दिराम तलब हुन्छ भन्ने प्रलोभनमा पारेका थिए ।

उनिहरुले जनही १ लाख ९० हजार रुपैयाँका दरले ९ लाख ५० हजार रुपैयाँ लिएरु सम्पर्क बिहीन भएका प्रहरीले जनाएको छ ।

उनिहरुको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट प्रहरीलाई पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएको हुँदा विकास तामाङलाई वैशाख १५ गते काठमाडौंको चुच्चेपाटीबाट र हरीबहादुर तामाङलाई १६ गते ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर