एमालेसँग तालमेल गरेका कांग्रेसको जोशी समूहका मेयरले पाए कैँची चुनाव चिन्ह – Nepal Press

एमालेसँग तालमेल गरेका कांग्रेसको जोशी समूहका मेयरले पाए कैँची चुनाव चिन्ह

दमौली । नेकपा एमालेसँग चुनावी तालमेल गरेर ब्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका कांग्रेस नेता दीपकराज जोशीले कैँची चुनाव चिन्ह पाएका छन् ।

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेसँग गठबन्धन गरेका छन् ।

कांग्रेस संस्थापन पक्षले उम्मेदवार बन्ने प्रक्रियाबाट समेत वञ्चित गर्न खोजेपछि गोविन्द जोशी समूहले तनहुँको ब्यास लगायतका स्थानीय तहमा एमालेसँग गठबन्धन गरेको छ ।

ब्यासमा एमालेबाट वसुन्धरा घर्ती उपमेयर छन् । अब ब्यासमा एमालेले मेयरमा कैँची चिन्हमा मतदान गर्नेछन् भने जोशी समूहका कांग्रेसले उपमेयरमा सूर्य चिन्हमा मतदान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर