रुपन्देहीको सैनामैनामा गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड – Nepal Press

रुपन्देहीको सैनामैनामा गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड

रुपन्देही । रुपन्देहीको सैनामैनामा नेकपा एमालेको निर्वाचन अभियानमा रहेको सवारी साधनमाथि गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड भएको छ ।

सैनामैनामा गठबन्धन दल माओवादी केन्द्र तथा नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचन अभियानमा रहेको एमाले कार्यकर्ता सवार गाडीमा तोडफोड गरेको एमालेले जनाएको छ ।

एमाले निकट युवा संघ नेपाल सैनामैना नगर कमिटीले यो घटनाको विरोध जनाएको छ ।

युवासंघका अनुसार एमाले सैनामैना नगरपालिकाको वडा नम्बर १० को प्रचारप्रसारको गाडीमाथि काँग्रेस तथा माओवादी नेता कार्यकर्ताबाट शनिवार तोडफोड भएको हो ।

कांग्रेस नेता हरि पोख्रेल, माओवादी नेता शान्ति बराल लगायतले प्रचार प्रसारमा हिँडेका केही कार्यकर्तामाथि हातपातको प्रयास गरेको युवासंघको आरोप छ । सैनामैना १० पानबारीमा उक्त घटना घटेको पीडित पक्षका ओमबहादुर पचभैयाले बताए ।

आफ्नै बाटोमा हिँडिरहेको गाडी एमाले शुभचिन्तकसँगको कुराकानीमा रोकिएको बेला अकस्मात् आई आक्रमण गर्दै, गाडी चालकसँगै अर्का कार्यकर्ता सन्तोष बेल्बासेमाथि शान्ति बरालले हातपात गरेको पीडितले पचभैयाले बताए ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीले माफी माग्नुपर्ने र अब उप्रान्त अराजक गतिविधि नगर्न साथै फेरि पनि यस्ता गतिविधि दोहोरिएको अवस्थामा प्रतिकार गर्ने युवासंघ सैनामैना नगर कमिटीले जनाएको छ ।

नारायण महतले सामान्य भनाभन भएको विषयलाई एमालेले बढी प्रचार गरेको दाबी गरे ।

‘केही असमझदारीले यस्तो भएको हो, निर्वाचनमा यस्ता असमझदारी बढेमा समस्या हुन्छ, हामी बसेर यस्ता गतिविधि कुनै पक्षबाट नगर्ने प्रतिबद्धता गर्दछौ’ उनले भने ।

महत गठबन्धनमा माओवादीबाट उपमेयरका उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर