प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव- राजनीति नअलमल्याउनुस्, कांग्रेसमा प्रवेश गर्नुस् – Nepal Press

प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव- राजनीति नअलमल्याउनुस्, कांग्रेसमा प्रवेश गर्नुस्

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी पार्टी राष्ट्रिय राजनीतिका लागि समस्या भएको भन्दै आफ्नो चुनावी घोषणापत्र समेत बनाउन नसक्ने प्रचण्डले कांग्रेस प्रवेश गर्दा राजनीतिको मुहान सङ्लिने टिप्पणी गरेका छन् ।

एमालेको पोखरा महानगर घोषणापत्र सार्वजिनक गर्दै वरिष्ठ उपाध्यक्ष पोखरलले माओवादी केन्द्र अब केन्द्रमात्र बाँकी रहेको भन्दै आफ्नो चुनावी घोषणापत्र समेत ल्याउन नसकेको बताए ।

पोखरेलले भने– माओवादी अब पार्टी नभएर केन्द्रमात्र बाँकी रहेको छ । चुनावमा घोषणापत्र पनि जारी गर्न सक्दैन, कांग्रेसकै घोषणापत्रमा हिँडेको छ । पुष्पकमल दाहालजी अब राष्ट्रिय राजनीतिक अल्मल्याउने काम नगर्नुस्, हिम्मत छ भने कांग्रेसमा प्रवेश गर्नस् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको चुनाव विखण्डनकारी शक्ति र एमालेबीचको लडाइँ भएकाले यो लडाइमा एमालेले जित्नुपर्ने तर्क गरे । कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी लगायतका नेताले एकजुट भएर चुनावी अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए ।

पोखरा महानगरपालिकाको विकासका लागि एमालेले अलग्गै प्रतिबद्धतापत्र सार्वजनिक गरेको सो कार्यक्रममा मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले अर्को चुनावबाट नयाँ पुस्तालाई अघि बढ्न तयार रहन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर