दुधौलीमा आक्रमणको प्रतिकार गरेका एमाले उम्मेदवारविरुद्ध कांग्रेसको उजुरी – Nepal Press

दुधौलीमा आक्रमणको प्रतिकार गरेका एमाले उम्मेदवारविरुद्ध कांग्रेसको उजुरी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका– २ का एमालेका वडाध्यक्ष उम्मेदवारमाथि भएको आक्रमणको प्रतिकार गरेका कार्यकर्ताविरुद्ध नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराएको छ । कांग्रेसले शनिबार एमालेका वडाध्यक्ष उम्मेदवार रितेश राउत र एमाले जिल्ला कमिटी सदस्य खेटराज अधिकारीसहित ४८ जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गराएको हो ।

शुक्रबार कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर भुजेलको नेतृत्वमा एमाले उम्मेदवार राउतमाथि आक्रमण गरेका थिए । जबरजस्त वडा कार्यालयमै पसेर माइन्यूट खोज्न खोजेपछि एमाले कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए ।

अहिले प्रहरीले मुद्दा परेका एमाले कार्यकर्ताको खोजी गरिरहेको छ । प्रहरीले शनिबार शम्भुदीप अधिकारीलाई पक्राउसमेत गरिसकेको छ ।

एमाले वडा सदस्यका उम्मेदवार अजबलाल कुमार र एमाले दुधौली– ५ का वडाध्यक्ष उम्मेदवारविरुद्ध पनि मुद्दा परेको छ ।

एमाले दुधौलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर