सशस्त्रको नयाँ आईजीपीमा राजु अर्याल प्रस्ताव – Nepal Press

सशस्त्रको नयाँ आईजीपीमा राजु अर्याल प्रस्ताव

काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउन प्रस्ताव गरिएको छ । गृहमन्त्रालयको सिफारिसअनुसार मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने तयारी गरेपनि प्राविधिक कारण निर्णय भइनसकेको एक मन्त्रीले बताए ।

अर्याल आईजीपीका लागि एक्ला दाबेदार हुन् । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् ।
सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

केसी चैतको अन्तिम सातामात्र आईजीपीमा बढुवा भएका थिए । उनले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् ।

केसीलाई आईजीपी बनाएपछि रिक्त एआईजीमा अर्याललाई बढुवा गरिएको थियो । उनी डीआईजीमध्ये वरीयतामा पहिलो नम्बरमा थिए ।

अर्यालले २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए । २०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि उनी एक दर्जा बढुवा भएर त्यहाँ समायोजन भएका हुन् । अर्यालले आईजीपीको चार वर्षे कार्यकाल पूरा गर्नेछन् ।

यसअघि शैलेन्द्र खनालले पनि चार वर्षे कार्यकाल पूरा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर