गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे – Nepal Press

गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

रत्ननगर । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा (एमाले)को विजय यात्रालाई रोक्न नसक्ने बताएका छन् ।

रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धरमराएको बताए ।

एमालेको शक्ति अझै बलियो रहेको भन्दै उनले पाँच दलको गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताए । ‘विकास गर्ने एक मात्र पार्टी एमाले हो’, उनले भने, ‘यो कुरा जनतालाई बुझाउन सकियो भने मात्र एमालेले निर्वाचन जित्ने छ ।’

केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने बताए । प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीहरूको संरक्षण गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताए ।

कार्यक्रममा एमालेबाट वडाध्यक्षका उम्मेदवार लोकराज भुसाल, सदस्यका उम्मेदवार विष्णु थापा, अनिता भुसाल, महिला सदस्य बुधनी चौधरी, दलित महिला सदस्य गीता परियारसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर