मतपत्र चपाउन, च्यात्न सकिँदैन भनेर थपलियाले ओलीको भाषा बोले : वर्षमान पुन – Nepal Press

मतपत्र चपाउन, च्यात्न सकिँदैन भनेर थपलियाले ओलीको भाषा बोले : वर्षमान पुन

'निर्वाचन आयोग रेफ्री हो, आफैं मैदानमा ओर्लेर खेल खेल्न हुँदैन'

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

मे दिवसका अवसरमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने विषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।

कुनै स्थानमा रातिसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको उनको गुनासो छ ।

देशभरका निर्वाचन कार्यालयहरू निष्पक्ष र व्यवसायिक रूपमा सञ्चालन हुनुपर्ने पुनले जोड दिए । कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाउनुभयो ।

थपलियाको ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै पुनले आपत्ति जनाए ।

‘निर्वाचन आयोग रेफ्री हो यसले रेफ्रीकै भूमिकामा रहनुपर्छ आफैं मैदानमा ओर्लेर खेल खेल्न हुँदैन’, पुनको भनाइ थियो ।

स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने उनको दाबी थियो । नेता पुनले अबको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गरे ।


प्रतिक्रिया

3 thoughts on “मतपत्र चपाउन, च्यात्न सकिँदैन भनेर थपलियाले ओलीको भाषा बोले : वर्षमान पुन

  1. भनेपछि पुनले अझै पनि मतपत्र चपाउने दाउ गरेका रहेछन् । चाेरकाे खुट्टाे काट भन्दा खुट्टाे तानेकाे जस्ताे गरे त पुनले । तर अब त आयाेग पनि सचेत हुन थालेछ ।

  2. माओबादिको सिद्धान्त भनेको मतपत्र च्यात्ने नसके चपाउने अझै सके भने ब्यालेट नै फेर्नी र जसरी भए पनि जित्ने यस्ता पागल नेता भएपछि कसरी हुन्छ निस्पक्ष चुनाव ???

  3. के सत्य र विधिसम्मत बोल्ने सबै वलि नै भए के वर्षामानलाइ ीस्वर कतिोडा जस्तो विधिको खिल्लि उडाउने निर्वाछन आयुक्त चाहियो मतपत्र चपाउन र च्यात्न दिनु पर्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर