स्थापितले भने- बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग, मधेसको मान्छे भन्ने आँट छैन (भिडिओ) – Nepal Press

स्थापितले भने- बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग, मधेसको मान्छे भन्ने आँट छैन (भिडिओ)

जनतासँग आँखा जुधाउन नसकेर कालो चश्मा लगाएको आरोप

काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे ।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’

बलेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको दाबीसमेत स्थापितले गरे ।

उनले भने, ‘कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ । यस्तो मान्छेको पछि लागेर हुन्छ ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्‍यो नि ।’

बलेनसँग काठमाडौंका जनताको विवरण समेत नभएको उनले बताए ।

‘काठमाडौँमा महानगरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्छ । कति जना मान्छे भन्ने पनि थाहा छैन उसलाई । सिंगो उपत्यकामा बनेपासम्म ४० लाख मान्छे छन् । उसले पहिल्यै ८० लाख भनेपछि योजना भताभुङ्ग भएन रु कहाँ पुर्‍याउँछन् यस्तोले ?’


प्रतिक्रिया

One thought on “स्थापितले भने- बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग, मधेसको मान्छे भन्ने आँट छैन (भिडिओ)

  1. एमाले संस्कार्विहिन्हरूको जमस्त भएको कुराम दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर