सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी – Nepal Press

सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोस्ट गरेमा कडा कारबाही गर्ने बताए ।

निर्वाचन आचारसंहिता विपरीतका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रस्ट पारे ।

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारबाही गरिने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर