रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू\भिडिओ) – Nepal Press

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू\भिडिओ)

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यही बुधवार पुल्चोकबाट रथ यात्रा सुरु हुनेछ ।

रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो ।

रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *