नवनियुक्त आईजीपीद्वयले लगाए दर्ज्यानी चिह्न (भिडिओ) – Nepal Press

नवनियुक्त आईजीपीद्वयले लगाए दर्ज्यानी चिह्न (भिडिओ)

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीद्वय धिरजप्रताप सिंह र राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् । हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्रका अर्यालले आज गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेबाट दर्ज्यानी चिह्न लगाएका हुन् ।

अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियर सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् ।

वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबार रात १२ बजेदेखि अवकाश पाउँदैछन् । सिंह ११ महिना आईजीपी बन्ने छन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *