माओवादीका जिल्ला सदस्य आले एमालेमा – Nepal Press

माओवादीका जिल्ला सदस्य आले एमालेमा

रुपन्देही । नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला कमिटी सदस्य चित्रबहादुर आले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ४ निवासी आलेले माओवादी नीति, सिद्धान्त र विचारमा विचलित भएकाले एमालेमा लागेको जनाएका छन् ।

सोमबार एक विज्ञप्तीमार्फत पार्टी छोडेको जानकारी दिएका आलेले राष्ट्र र जनताप्रति वफादार सच्चा कम्युनिष्ट पार्टी नेकपा एमालेमा समाहित भएको र पार्टीले दिएको जुनसुकै जिम्मेवारी लिने जनाएका छन् ।

एक साताअघि बुटवलमा माओवादी रुपन्देहीका ५ जना जिल्ला सदस्यसहित १७ जना एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर