बबरमहलमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
नेपाल प्रेस
२०७९ वैशाख १९ गते ११:२०
काठमाडौं । काठमाडौंको बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर