भीम रावलको प्रश्न- विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् ।
‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन ।’
एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरू भएको रावलको आरोप छ ।
‘यहीँबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरू हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागू हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उनले लेखेका छन् ।
एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ।के अरु देशसंगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन्?छैन। यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ।अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं।अनुमोदनबारे पठाएकाे पत्र सार्वजनिक होस्।
— Bhim Rawal, PhD (@BhimRawal179) May 2, 2022