स्वयम्भूमा लुटपाटपछि युवकको हत्या, एक पक्राउ – Nepal Press

स्वयम्भूमा लुटपाटपछि युवकको हत्या, एक पक्राउ

काठमाडौं । दुई साताअघि स्वयम्भूमा लुटपाटपछि हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौलीका २६ वर्षीय प्रकाश तिमल्सिना छन् । वैशाख २ मा काठमाडौं महानगरपालिका-१५ भगवान पाउनजिकै एक युवकको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा उक्त शव ललितपुरको महालक्ष्मीस्थान-८ लुभुका २८ वर्षीय नरेशकुमार गौतमको भएको खुलेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तिमल्सिनासहित तीनजनाले लुटपाटपछि गौतमको हत्या गरेका थिए । घटनापछि ती युवक भागेर गोरखामा लुक्दै बसेको प्रहरीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर