नर्भिक अस्पतालमा शनिबारदेखि निःशुल्क ओपीडी शुरु – Nepal Press

नर्भिक अस्पतालमा शनिबारदेखि निःशुल्क ओपीडी शुरु

काठमाडौं । नर्भिक अस्पतालमा शनिबारदेखि  निःशुल्क ओपीडी शुरु भएको छ । अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत गत शनिबारदेखि निःशुल्क ओपीडी सुरु गर्ने भएकाे हो । दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।

नर्भिकले शनिबार विहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा संचालन  गर्ने तयारी गरेकाे अस्पतालले जनाएकाे छ ।

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत हुने छ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा.रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर