चाउचाउ किनिदिने भन्दै पाँच वर्षीया बालिकालाई बलात्कार गरेका युवक पक्राउ – Nepal Press

चाउचाउ किनिदिने भन्दै पाँच वर्षीया बालिकालाई बलात्कार गरेका युवक पक्राउ

कैलाली । पाँच वर्षीया बलिकालाई बलात्कार गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङ छबिसपाथिभेरा गाउँपालिकाका ती युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

१६ वैशाखमा आफ्ना बुवासँग बिहे हेर्न आफन्तको घरमा गएकी ती बालिकालाई युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए ।

पीडितका बुवासँगै बिहे भोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

बलात्कार गरेको आरोप लागेका युवक पीडित बालिकाको नातेदार रहेको प्रहरीले जनाएको छ ।
बलात्कार पछि बीभत्स अवस्थामा रहेकी बालिकाको उपचार भइरहेको छ । उनी शारीरिक र मानसिक समस्यामा रहेको प्रहरीले जनाएको छ ।

अहिले स्वास्थ्यमा सुधार आइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको शल्यक्रिया समेत भएको थियो ।

घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर