आचारसंहिता उल्लंघन गर्दै मन्त्री झाँक्री चुनाव प्रचारमा – Nepal Press

आचारसंहिता उल्लंघन गर्दै मन्त्री झाँक्री चुनाव प्रचारमा

रुपन्देही । सहरी विकास मन्त्री रामकुमारी झाँक्री आचारसंहिता उल्लंघन गर्दै गुल्मीको चुनावी सभामा पुगेकी छन् ।

मङ्गलवार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ देउरालीमा उनले चुनावी सभामा भाग लिएकी हुन् ।

कांग्रेस नेता चन्द्र भण्डारीसहित उनी गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा सम्बोधन गरेकी थिइन् ।

बुधवार पनि यो पालिकाका विभिन्न वडामा कार्यक्रम आयोजना गरिएको र उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एसले उपमेयर पाएको यो नगरपालिकाका उम्मेदवारको चुनावी कार्यक्रम तस्बीरमा प्रस्ट देख्न सकिन्छ ।

गठबन्धनबाट मुसिकोटमा मेयरमा नेपाली कांग्रेसका हरिनारायण सापकोटा र उपमेयरमा नेकपा एसका श्रीराम महत चुनावी मैदानमा छन् ।

झाँक्री यो कार्यक्रममा उनीहरूलाई सँगै राखेर जसरी पनि जिताउने प्रतिबद्धता गरेकी थिइन् ।

जिल्लामा ५ दलीय गठबन्धन भए पनि सबै पालिकामा नेपाली कांग्रेस र माओवादीले प्रमुख पद राखेपछि झाँक्री असन्तुष्ट छन् ।

 


प्रतिक्रिया

One thought on “आचारसंहिता उल्लंघन गर्दै मन्त्री झाँक्री चुनाव प्रचारमा

  1. झाक्री अब भण्डारीकाे कार्यकर्ता भैसकिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर