वीरेन्द्रनगर कांग्रेसको पर्चा : आफ्ना उम्मेदवारकोमा स्वस्तिक छाप, माओवादीको खाली – Nepal Press

वीरेन्द्रनगर कांग्रेसको पर्चा : आफ्ना उम्मेदवारकोमा स्वस्तिक छाप, माओवादीको खाली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनावी तालमेल भए पनि प्रचार प्रसारमा एक्ला एक्लै हिँडिरहेका छन् ।

मेयर समेत गरी बहुमत पदमा उम्मेदवार पाएको कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई मात्रै मत माग्दै चुनावी अभियान चलाइरहेको हो ।

चुनावी प्रचारको पर्चामा कांग्रेसले मेयरका उम्मेदवार उपेन्द्र खड्का, वडाध्यक्ष एव सदस्यहरूको तस्बिरसहित रुख चिह्नमा स्वस्तिक छाप लगाएर वितरण गरिरहेको छ ।

तर माओवादीबाट उपमेयरमा उम्मेदवार रहेकी शान्ति ढकालको तस्बिर छापिए पनि अरूको भन्दा फरक छ । उनको तस्बिरमा स्वस्तिक चिह्न छैन ।

वडा नम्बर ९ मा कांग्रेसले यो पर्चाहरू वितरण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर