सहिद बाबुरामको शालिकमा माल्यार्पण सुरु गरे शंकरले चुनावी अभियान – Nepal Press

सहिद बाबुरामको शालिकमा माल्यार्पण सुरु गरे शंकरले चुनावी अभियान

सिन्धुली । नेकपा एमालेको तर्फबाट सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका शंकरराज बरालले सहिद बाबुराम बरालको शलिकमा माल्यार्पण गरेर चुनावी अभियानको सुरुवात गरेका छन् ।

सहिद ऋषिराज देवकोटा (आजाद) की जिवन संगिनी एवम् प्रतिनिधिसभा सदस्य गोमा देवकोटा, नेकपा एमालेका केन्द्रीय सदस्य सुवास देवकोटा, नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य ध्रुवकुमार श्रेष्ठ र एमाले जिल्ला कमिटी सदस्य दीपेश बराललगायतले सहिद बरालको स्मृति दिवसमा हिजो गोलन्जोर गाउँपालिका– ३ ग्वाल्टारमा रहेको सालिकमा माल्यार्पण गरेर चुनावी अभियान सरूवात गरेका हुन् ।

बाबुराम बरालको २००७ सालको सफल जनक्रान्तिपछि देखिएको प्रतिक्रान्तिको झिल्को निभाउन गौर पुगेर समस्या समाधान गरिसकेपछि हत्या भएको थियो ।

सहिद बरालको जन्म १९८७ साल भदौ १९ गते सिन्धुलीको खुर्कोटमा भएको थियो । २००७ सालको क्रान्तिपछि बनेको पूर्व २ नंबर जनसरकारका गृहमन्त्री बराललाई गौरमा देखिएको प्रतिक्रान्तिको सामन गर्न केन्द्र सरकारले पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर