मेलम्चीका वडाध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे अल्टिमेटम – Nepal Press

मेलम्चीका वडाध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे अल्टिमेटम

‘पैसा राखेर मतदाताको पाउ ढोग्नुको कारण बुझाउनुस्’

काठमाडौं । मतदाताको पाउमा हजारको नोट राख्दै ढोगेर भोट मागेको तस्बिर सार्वजनिक भएपछि निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

दुई दिनअघि चुनावी प्रचारका क्रममा खनालले मतदाताको पाउमा पैसा राखेर ढोग्दै भोट मागेको तस्बिर सार्वजनिक भएको थियो ।

निर्वाचन आयोगले सोधेको स्पष्टिकरणमा भनिएको छ ‘तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन ? निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।’

आयोगले वडाध्यक्षका उम्मेदवार खनाललाई आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर