जिम्बावे ए विरुद्ध असिफको अर्धशतक
नेपाल प्रेस
२०७९ वैशाख २१ गते १५:३८
काठमाडौं । आसिफ शेखले जिम्बावे ए विरुद्ध अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिककेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेको नेपाल जिम्बावेले दिएको एक सय ३७ रनको विजयी लक्ष्य पच्छ्याइ रहेको छ ।
कुशल भुर्तेलसँग ओपनिङमा आएका असिफले ३४ बलमा ८ चौकासहित ५० रन बनाए ।
उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ८८ रनको साझेदारी गरेका थिए ।
अहिले नेपाल १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ९० रन बनाएर खेलिरहेको छ ।
क्रिजमा आसिफलाई बासिर अहमदले साथ दिइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर