एसईई दिएर बसेका विद्यार्थी र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारमा छुट – Nepal Press

एसईई दिएर बसेका विद्यार्थी र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं । एसईई दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यले भर्खरै एसईई दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षाप्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।

साथै,नवविवाहित जोडीका लागिपनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत१ टिकटको खरीदमाअर्काे एक केबुलकार टिकट निःशुल्कप्रदान गर्नेछ । यस योजनामा सहभागी हुन नवविवाहित जोडीले आपूmविवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ ।यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *