गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै नेकपा एसका उम्मेदवारको वाक ओभर, एमालेलाई समर्थन – Nepal Press

गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै नेकपा एसका उम्मेदवारको वाक ओभर, एमालेलाई समर्थन

चितवन । गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई समर्थन नगरी बेग्लै उम्मेदवारी दिएपछि राप्ती नगरपालिका वडा नम्बर १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवारले एमाले उम्मेदवारलाई साथ दिएका छन् ।

राप्ती नगरपालिका वडा नम्बर १ का नेकपा एसका वडाध्यक्ष उम्मेदवार चिरञ्जीवी पाठकले बुधवार एमालेका उम्मेदवार सिद्धिलाल स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी हापेका हुन् ।

उनले गठबन्धनको मूल्य मान्यताविपरीत कांग्रेसले नेकपा एससँगको तालमेललाई धोखा दिएको भन्दै सूर्यमा मतदान गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर