जिम्बावे ‘ए’ लाई नेपालको १ सय ३७ रनको सामान्य लक्ष्य – Nepal Press

जिम्बावे ‘ए’ लाई नेपालको १ सय ३७ रनको सामान्य लक्ष्य

काठमाडौं । जिम्बावे ‘ए’ लाई नेपालले पहिलो एकलिदवसिय खेलमा १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवात देखि नै खराब प्रदर्शन गरि रहेको थियो । नेपाल ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार गर्न सफल भयो ।

ओपनर कुशल भुर्तेल १९ रन बनाएर आउट हुँदा अर्का ओपनर आसिफ शेख ५ रनमै आउट भए । तेस्रो नम्बरमा क्रिजमा आएका आरिफ शेख पनि ५ रनमै आउट भए । नेपालको सुरुवाती क्रम धरापमा पर्दा मध्य क्रमका ब्याटर दिपेन्द्र सिंह एरीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी १८ रनमा पभेलियन फर्किए ।

तल्लो क्रमका ब्याटर सोम्पाल कामीले नेपाललाई स्कोर बोर्डमा सय रन पुराउन सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे । करण केसीले २५ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

जिम्बावे एको वलिङमा ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए । उनले ८.३ ओभर वलिङ गर्दै २७ रन खर्चिए । भिक्टर न्याउची, ब्रान्डन माभुटा र चेपास जुवावोले समान २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *