काठमाडौं महानगरमा अहंकारीलाई परास्त गरिनेछ : श्रेष्ठ – Nepal Press

काठमाडौं महानगरमा अहंकारीलाई परास्त गरिनेछ : श्रेष्ठ

काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले काठमाडौंका जनताले स्थानीय निर्वाचनमा अहंकारीलाई परास्त गर्ने बताएका छन् ।

शान्तिवाटिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले ५ दलीय गठबन्धन बन्नुमा केपी ओलीको अहंकार मुख्य कारण रहेको भन्दै अहंकारीलाई निर्वाचनबाट पराजित गर्नुपर्ने बताए ।

बितेको ५ वर्षमा काठमाडौं महानगरमा सुशासन हराएको र जनताले सास्ती पाएको भन्दै गठबन्धनले जितेपछि सुशासनको क्षेत्रमा विशेष काम गर्ने श्रेष्ठको दावी छ । ‘अहिलेको महानगरको नेतृत्वले सुशासन दिन सकेन । अंहकार र स्वेच्छाचारी विचार बोकेकाहरुलाई अब चुनावबाट पराजित गर्नुपर्छ’, श्रेष्ठले भने ।

एमाले नेतृत्वको महानगरले जनताको करको पैसा फिक्स डिपोजिटमा राखेर निष्क्रिय बनाएको भन्दै श्रेष्ठले गठबन्धनले जितेपछि त्यो पैसा झिकेर जनताको सेवामा लगानी गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर