युभेन्ट्स पराजित
नेपाल प्रेस
२०७९ वैशाख २४ गते ७:२७
काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्सलाई जिनोआले २-१ गोल अन्तरले पराजित गरेकाे हो ।
खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, अन्तिम तीन मिनेट सम्मालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो । पराजित युभेन्ट्स तेस्रो स्थानमा उक्लनबाट बन्चित भयो ।
प्रतिक्रिया
सम्बन्धित खवर