स्थानीय तह निर्वाचनका लागि नमूना मतदान (भिडिओ) – Nepal Press

स्थानीय तह निर्वाचनका लागि नमूना मतदान (भिडिओ)

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंमा नमूना मतदान गरिएको छ ।

मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो ।

नमूना मतदानमा बिभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो ।

मतदानमा महिला, पुरुष, अशक्त लगाएतको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिने बारे जानकारी गराइएको थियो ।

त्यस्तै मतदानका क्रममा हुनसक्ने अप्रिय घटनाका बारेमा पनि अभ्यास गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर