जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन
नेपाल प्रेस
२०७९ वैशाख २४ गते २०:५०
जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर पीडित शेखको आज साँझ निधन भएको हो ।
०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
अहिले नेपाली कांग्रेसबाट जनकनन्दनी गाउँपालिका अध्यक्षमा सुदेश चौधरी उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर