सिनामंगलमा केशव स्थापित र बालेनको जम्काभेट, अंकमाल गर्दै एक-अर्कालाई दिए शुभकामना – Nepal Press

सिनामंगलमा केशव स्थापित र बालेनको जम्काभेट, अंकमाल गर्दै एक-अर्कालाई दिए शुभकामना

काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र अत्यधिक चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरु आपसमा ठोक्किन पुगेका थिए ।

एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् । भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार गालामा एमालेको सूर्य चिह्न बनाएका केही एमालेका कार्यकर्ताले बालेनसँग सेल्फी पनि खिचाउन भ्याए ।

तस्बिरः सामाजिक सञ्जाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर