तपाईं हार्दैमा मुलुक दुर्घटनामा पर्छ ? प्रचण्डको धम्कीबारे रेनुले दिइन् यस्तो जवाफ (भिडिओ) – Nepal Press

तपाईं हार्दैमा मुलुक दुर्घटनामा पर्छ ? प्रचण्डको धम्कीबारे रेनुले दिइन् यस्तो जवाफ (भिडिओ)

भरतपुर । सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी प्रत्यासी रेनु दाहालले भरतपुरको हालैको आमसभामा आफ्नो बुबा प्रचण्डले बोलेको कुरालाई ट्वीस्ट गरेर अपव्याख्या भइरहेको बताएकी छन् ।

भरतपुरका चुनावी माहोलको रिपोर्टिङ गर्न पुगेको नेपाल प्रेस टिमले सोधेको प्रश्नमा उनले प्रचण्डको राष्ट्र प्रेमपूर्ण भावनालाई ट्वीस्ट गरिएको बताइन् । प्रचण्डले भरतपुरमा रेनु दाहाललाई चुनाव हराएर आफूलाई तनाव दिन खोजिए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

रेनुले भने ओलीको ज्यादतिविरुद्ध बनेको गठबन्धन दायाँबायाँ भयो भने देश दुर्घटनामा जान्छ भनेर सचेतमात्र गराएको दाबी गरिन् ।

भरतपुरको चुनावी माहोलको विस्तृत भिडिओ रिपोर्ट नेपाल प्रेसमा सोमबार प्रसारण हुनेछ ।


प्रतिक्रिया

One thought on “तपाईं हार्दैमा मुलुक दुर्घटनामा पर्छ ? प्रचण्डको धम्कीबारे रेनुले दिइन् यस्तो जवाफ (भिडिओ)

  1. १७ हजार को रगतले पक्कै पोल्छ त्यसैको जलनले बरबराएका हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर