देउवाको दाबी- ओलीले जिते भने भोलिपल्टै संसद विघटन गरिदिन्छन्, राजतन्त्र फर्काउन सक्छन् – Nepal Press

देउवाको दाबी- ओलीले जिते भने भोलिपल्टै संसद विघटन गरिदिन्छन्, राजतन्त्र फर्काउन सक्छन्

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किने र संसद भंग गरिदिने भन्दै गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेको बताएका छन् ।

पोखरा महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओली स्वयं र नेकपा एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए ।

उनले भने, ‘ए बाबा, ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ । म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन ? अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन ?’

गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “देउवाको दाबी- ओलीले जिते भने भोलिपल्टै संसद विघटन गरिदिन्छन्, राजतन्त्र फर्काउन सक्छन्

  1. बुढी पैसा दिन्न भन्ने बुढो बरबराउने हैट लाजनिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर