महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम सञ्चालन – Nepal Press

महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम सञ्चालन

काठमाडौं । महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बागफाटा महेन्द्रनगरमा डिशहोम फाइबरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।

सोरुम उद्घाटनमा डिशहोमका तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्भिस सेन्टर सुपरभाइजर ज्योति फार्सवान, रि–एलाइमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदीश भट्टको उपस्थिति रहेको थियो ।

जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले ४ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरलाई अब अझ बढी ग्राहककहाँ पुग्न नयाँ सोरुमले मद्दत गर्ने सेन्टरका सञ्चालकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर