दैलेखको आठबीसमा सकेट बम भेटियो, सेनाद्वारा डिस्पोजको तयारी – Nepal Press

दैलेखको आठबीसमा सकेट बम भेटियो, सेनाद्वारा डिस्पोजको तयारी

सुर्खेत । दैलेखको आठबीस नगरपालिका- ६ रोलमा सकेट बम भेटिएको छ ।

स्थानीय नन्दकृष्ण आचार्यका अनुसार नेपाली सेना, नेपाल प्रहरीको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले खनजोतको क्रममा स्थानीयले सकेट बम भेटेको बताए ।

‘त्यहाँ नेपाली सेना, नेपालप्रहरी सहितको टोली पुगिसकेको छ’, उनले भने, ‘पहिले सुरक्षाफौजको व्यारेक भएका कारण बम जमिनमुनि लुकाइएको अवस्थामा भेटिएको हो ।’

सशस्त्र युद्धताका २०६० सालमा यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो ।

१४-१५ वर्ष पुरानो बम भएको बताउँदै डीएसपी शाहले त्यसको जोखिमबारे हुन्छ भन्ने कुरा सैनिक विज्ञलाई जानकारी हुने बताए ।

२०६७ सालमा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म ४ वटा बम निष्क्रिय पारिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर