षडानन्द नगरपालिकालाई समृद्ध बनाउन मसँग सपना होइन योजना छ : सुरेन्द्र उदास – Nepal Press
नेपाल टक

षडानन्द नगरपालिकालाई समृद्ध बनाउन मसँग सपना होइन योजना छ : सुरेन्द्र उदास

'वीरवलजीले ५ वर्षमा गरेका काम भन्न सक्नुभा'को छैन, नगरबासीले विकल्प खोजेका छन्'

भोजपुर । बालागुरु षडानन्दको जन्मथलो दिङ्ला । र, भोजपुरको षडानन्द नगरपालिकामा पर्छ यो ऐतिहासिकस्थल । यसपटकको चुनावमा यहाँ कांग्रेस-माओवादीको गठबन्धन छ । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहनगर पनि हो यो पालिका ।

यहाँ गठबन्धनबाट नेपाली कांग्रेसले वीरवल राईलाई उम्मेदवारमा दोहोर्‍याएको छ । राई यसअघिको चुनावमा २९२ मतान्तरका साथ ४९८२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र उदासले ४६९४ मत प्राप्त गरेका थिए । उपमेयर भने नेकपा एमालेकी मेरिका राईले जितिन् ।

वैशाख ३० को निर्वाचनका लागि गठबन्धनविरुद्ध नेकपा एमालेले सुरेन्द्र उदासलाई नै मैदानमा सारेको छ । उपमेयरमा ७४ कै विजेता मेरिका मैदानमा छिन् ।

नेकपा एमालेबाट मेयर उम्मेदवार सुरेन्द्र उदाश र उपमेयर उम्मेदवार मेरिका राई ।

नजिकबाट चिन्नेहरू उदासलाई शालीन, इमानदार छविका व्यक्तिका रूपमा व्याख्या गर्छन् । करिब ३ दशक शिक्षक जीवन बिताएका उनकै पहलमा झ्याउँपोखरी टारीगाउँको महेन्द्रोदय विद्यालयमा मावि तहको पठनपाठन सुरू भएको थियो ।

२०४० सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा थालेका उदास ४६ को जनआन्दोलनमा भूमिगत भए । २०५१ मा नेकपा एमालेको जिल्ला कमिटीमा आएर उनले ३ कार्यकाल काम गरे । त्यसपछि अञ्चल समन्वय कमिटी सदस्य हुँदै संघीय संरचनापश्चात प्रदेश १ कमिटी सदस्य भएर उदास क्रियाशील छन् ।

षडानन्दको समृद्धि, विकास र सुशासनयुक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उदासले बताए । नेपाल प्रेसको नेपाल टकमा कुरा गर्दै उनले जनतामाझ सपना होइन, योजना बोकेर आफू मैदानमा निस्किएको बताएका छन् ।

प्रस्तुत छ मेयर उम्मेदवार सुरेन्द्र उदाससँगको कुराकानीको संक्षेप :

– दोहोर्‍याएर मेयरमा तपाईंको उम्मेदवारी किन ?

हामीले ५ वर्षको समीक्षा गर्‍यौं । विकास र समृद्धिको बाटो यहाँ बिल्कुल अघि बढ्न नसकेको आम नगरबासीको मूल्यांकन छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका क्षेत्र भद्रगोल भए । जनताले यो बीचमा केही राहत महसुस गर्न सकेनन् । षडानन्दको आर्थिक समृद्धिको लागि मैले ठोस एजेण्डा ल्याएको छु । प्राकृतिक स्रोत, ऐतिहासिक र धार्मिक सम्पदाहरू प्रशस्त भएकाले तिनको सम्बर्द्धनमा म प्रतिबद्ध छु । यहाँका कृषि उत्पादनलाई धेरै व्यवस्थित र आधुनिकीकरण गर्दै व्यवसायीकरणका साथ जीवनस्तर सुधार्न सकिन्छ । सडकलाई १२ महिनै सञ्चालन गर्न सकिन्छ । साथै नगरपालिकाको गौरवको आयोजनाको रूपमा चक्रपथ निर्माणलाई अघि सारेको छु । षडानन्द गुरु महाराजको योगदान, उहाँले छाड्नुभएको सम्पत्तिको जगेर्ना, योगमायास्थल, छाँगे झर्नालगायतको विकास गर्दै पर्यटकलाई आकर्षित गर्ने योजना अघि सार्न सकिन्छ । यीलगायतका मेरा एजेण्डाले षडानन्द नगरलाई उज्यालोतर्फ डोर्‍याउनेछ । र, यो पूरा गर्न मसँग स्पष्ट भिजन छ, योजना छ । त्यसैका लागि मेरो उम्मेदवारी हो ।

माओवादीमा कार्यकर्तामै खटपटका स्वरहरू सुनिन्छन् । जिल्लामा आफ्नो प्रभाव क्षेत्र ठानेको नेकपा एसलाई त झन् यहाँ यति बेवास्ता गरियो कि- स्वयं राजेन्द्र राई नै गठबन्धनबाट सन्तुष्ट हुनुन्न । एउटा पनि वडाध्यक्ष तालमेलका हिसाबले उहाँहरूको भागमा परेको देखिँदैन । नेकपा एसका साथीहरू सार्‍है असन्तुष्ट हुनुन्छ ।

– यसअघिको चुनावमा तपाईं पराजित हुनुभयो । जनताको मतबाट एकपटक ‘टेस्ट’ भइसकेको व्यक्ति अहिले जित्ने आधार के छ ?

पहिलाको निर्वाचनमा प्रतिपक्ष दर्‍होभन्दा पनि आन्तरिक केही प्राविधिक कारण म पराजित हुन पुगेँ । अहिले हामी प्रचारप्रसारमा हिँडिरहँदा जनलहर राम्रो देखिएको छ । जनता उत्साही छन् । यो बीचमा नगरपालिकाको नेतृत्वले स्थानीय विकास, सुशासन क्षेत्रमा केही पनि गर्न सक्नुभएन जुन जनतामाझ छर्लङ्गै छ । यसको ज्वलन्त उदाहरण त मेयर वीरवल राईले मैले ५ वर्ष यो यो काम गरेँ भनेर अहिलेसम्म जनतामाझ एउटा अपिलसम्म प्रस्तुत गर्न सक्नुभएको छैन । उहाँलाई मेरो आग्रह छ- तपाईंले यी यस्ता नमूना काम भए भनेर कम्तीमा आफूले गरेका कामहरू एउटा पानामा सार्वजनिक त गर्नुस् । त्यो उहाँले गर्न सकिरहनुभएको छैन । दोस्रो, उहाँसँग कुनै भिजन पनि देखिएन । उहाँ असफल भइसक्नुभएको छ । न विकास अघि बढ्यो, न समृद्धिको ढोका खुल्यो । आफ्नै नगरपालिका ढिलासुस्ती, कमिसनतन्त्र र भ्रष्टाचारमा डुबाउनुभयो । अघिल्लोपटक पनि मतान्तर एकदमै थोरै थियो । जहाँ पुग्दा पनि जनमत बढ्दो पाएका छौं । जनताले नयाँ र सक्षम नेतृत्व खोजेका छन् । त्यसैले यसपटकको चुनाव शानदार ढंगले जित्छौं ।

– तर, अहिले त झन् तपाईंहरूविरुद्ध गठबन्धन बनेको छ, फेरि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यमन्त्री राजेन्द्र राईको गृहक्षेत्र पर्‍यो एमालेलाई चुनौती बढ्यो नि ?

बाहिर गठबन्धन देखिए पनि कुनै पार्टी पनि सन्तुष्ट छैनन् । न त मेयर पाको कांग्रेस नै सन्तुष्ट देखिन्छ । माओवादीमा कार्यकर्तामै खटपटका स्वरहरू सुनिन्छन् । जिल्लामा आफ्नो प्रभाव क्षेत्र ठानेको नेकपा एसलाई त झन् यहाँ यति बेवास्ता गरियो कि- स्वयं राजेन्द्र राई नै गठबन्धनबाट सन्तुष्ट हुनुन्न । एउटा पनि वडाध्यक्ष तालमेलका हिसाबले उहाँहरूको भागमा परेको देखिँदैन । नेकपा एसका साथीहरू सार्‍है असन्तुष्ट हुनुन्छ ।

यो बीचमा नगरपालिकाको नेतृत्वले स्थानीय विकास, सुशासन क्षेत्रमा केही पनि गर्न सक्नुभएन जुन जनतामाझ छर्लङ्गै छ । यसको ज्वलन्त उदाहरण त मेयर वीरवल राईले मैले ५ वर्ष यो यो काम गरेँ भनेर अहिलेसम्म जनतामाझ एउटा अपिलसम्म प्रस्तुत गर्न सक्नुभएको छैन । उहाँलाई मेरो आग्रह छ- तपाईंले यी यस्ता नमूना काम भए भनेर कम्तीमा आफूले गरेका कामहरू एउटा पानामा सार्वजनिक त गर्नुस् ।

कांग्रेसकै नेतृत्व दोहोर्‍यायौं भने नगर २५ वर्ष पछि पर्छ भनेर मलाई उहाँहरू प्रोत्साहित गरिरहनुभएको छ । टाउकोमा मात्र गठबन्धनजस्तो देखिए पनि तल कार्यकर्ता र वडासम्म जाँदा कसैले पनि चित्त बुझाएका छैनन् । जग नै कमजोर भएपछि घर बलियो कसरी हुन्छ ? हो, केही हेविवेट नेताहरू यहाँकै हुनुन्छ तर ठूला नेता लागेर मात्र जित्ने भन्ने हुँदैन अहिले । सत्ताको डण्डाले मतदाता तर्सिनेवाला छैनन् । को सक्षम छ, कसले कति काम गर्छ ? कसलाई जिताउँदा हाम्रो भाग्य भविष्य बन्छ भन्ने मूल्यांकन र निर्णय गर्न जनता स्वतन्त्र र सक्षम छन् कसैमा निर्भर हुनुपर्दैन । हाम्रो जनमत यसरी बढेको छ कि हामीविरुद्धको चौतर्फी आक्रमणले एमालेलाई नै फाइदा छ ।

– ऐतिहासिक एवं धार्मिक थलो पनि हो यो नगर । षडानन्द गुठीलगायतका करोडौंको सम्पत्ति जगेर्नाको लागि के गर्नुहुन्छ ?

गुठीको जग्गाहरू पहिचान गरेर उत्पादन क्षेत्रमा लगाउन स्पष्ट एजेण्डाहरू मैले ल्याएको छु । गुठीलाई सौतेलो व्यवहार गर्दा यसअघिका मेयर सा’बले गुठीको सुधार र विकास गर्न सक्नुभएन । गुठीको संरक्षण गर्न र यसलाई जीवन्त बनाउन अस्तव्यस्त रहेको अहिलेको गुठीलाई नगरबासीको आर्थिक उपार्जन र यहाँको विकासको माध्यम बनाउँन सकिन्छ । गुरु महाराजको सालनाल गाडिएको ठाउँलाई पर्यटकीय क्षेत्र बनाएर अघि बढाउँछु । गुठीका मूल्यवान जग्गाहरू गुठीसँगको समन्वय गरेर नगरले यसलाई षडानन्द नगरपालिकाको विकासको मेरुदण्ड बनाउन कार्यविधि बनाएर म अघि बढ्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर