विप्लव नेकपाको मुखपत्र ‘रातोखबर’ पनि नेकपा (बहुमत)को कब्जामा – Nepal Press

विप्लव नेकपाको मुखपत्र ‘रातोखबर’ पनि नेकपा (बहुमत)को कब्जामा

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै ‘रातोखबर प्रकाशन गृह’ पनि विद्रोही धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमतको पक्षमा आएको छ ।

विद्रोही नेकपा बहुमतको चितवन राष्ट्रिय भेला सम्पन्न भएपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्न लागिएको निमन्त्रणा ‘इरातोखबर’को इमेलबाट सम्पादक अशोक सुवेदीले सञ्चार माध्यमहरुलाई पठाएपछि उक्त कुरा पुष्टि भएको हो ।

सम्पादक सुवेदीले नेकपा (बहुमत)को विशेष राष्ट्रिय भेला वैशाख २१,२२ र २३ गते चितवनमा सम्पन्न भइ नवौं महाधिवेशन आयोजक समिति गठन भएको जानकारी गराउन र भेलाले लिएका निर्णयहरुको जानकारी गराउँन पत्रकार सम्मेलन हुन लागेको हो ।

नेकपा पुनर्गठनताका विप्लवले निकै जोडतोडका साथ मुखपत्र ‘रातोखबर’ स्थापित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर